Market Closed

बैंक, बिमा र धितोपत्र सम्बन्धी न्यूनतम सेवालाई निरन्तरता दिन अर्थ मन्त्रालयको निर्देशन

25 Mar,2020
  • mfm_3_25_2020_9_45_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थ मन्त्रालयले कोरोनाबाट सजग रही बैंकिङ, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्यूनतम सेवाहरुलाई निरन्तरता दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । संक्रमणकालको अवधि तत्काल यकिन गर्न नसकिएकाले कोरोनाका कारण प्रभावित सबै बैंक तथा वित्तीय संस्था तथा गैरबैंकिङ वित्तीय संस्था समेतले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको साँवा ब्याज असुली सम्बन्धी कार्य चैत मसान्तसम्ममा स्थगन गर्न समेत भनिएको छ । 
 
बुधबार अर्थ मन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, बैंक, वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गीकरण तथा प्रोभिजन गर्ने कार्य हाललाई यथास्थितिमा राख्न पनि नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 
 
बैंक तथा वित्तीय संस्थाहरुले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अवलम्बन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गर्दा भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्ने व्यवस्था केन्द्रीय बैंक र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले मिलाउनुपर्नेछ । समितिले गरेका निर्णय यसप्रकार छन् । 


 
 
 

Post Your Comment