Market Closed

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम स्थगित

26 Mar,2020
  • Arun-3-hydropower-projec_3_26_2020_11_08_08.jpg



 
खाँदबारी : कोरोना भाइरस संक्रमणको त्रासले सुंखवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले मंगलबारबाट लक डाउन गरेको हो । लक डाउन गरेपछि अरुण तेस्रोले पनि काम स्थगित गरेको जनाएको हो । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मंगलबारबाट स्थगित गरेको कम्पनीका सीइओ अरुण धिमानले जानकारी दिए ।
 
अरुण तेस्रो परियोजनामा २ हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न भइसकेको छ । ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निमार्ण कम्पनी जय प्रकाश एसोसिएट्स र पावर हाउस रहेको  दिदिङमा पटेल इञ्जिनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएका छन् ।

५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुनेछ । यस आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पिडीएमा उल्लेख गरिएको छ । 
 
 रासस
 
 
 
 

Post Your Comment