Market Closed

इन्डक्सनमा खाना पकाउनेलाई विद्युत महसुलमा २०% छुट दिन निर्देशन

26 Mar,2020
  • induction-cookercn_3_26_2020_1_06_34.png
नेपाली पैसा
 
काठमाडौं : जलस्रोत तथा सिंचाइ मन्त्रालयले लक डाउनको बेला इन्डक्सनमा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् ।
 
इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्ममा २०% सम्म छुट दिन मन्त्री पुनको निर्देशन छ । यस्तै, मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरेका छन् । इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्छ । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ ।

विद्युत हाम्रो आफ्नै उत्पादन हो’, तसर्थ ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्ने भएकाले व्यापार घाटा पनि कम हुने पुनले बताए ।’ यसअघि बुधबार बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । 
 

Post Your Comment