Market Closed

रसुवागढी र तातोपानी नाका खुला गर्ने निर्णय

26 Mar,2020
  • tatopani_3_26_2020_1_22_41.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले सामान आयात र निर्यातका लागि चीनतर्फका रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको छ । बुधबार बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यी दुई नाका खुला गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ । त्यसका लागि आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने छन् । कोभिड–१९ को संक्रमण फैलिएसँगै यसअघि रसुवागढी र तातोपानी नाका बन्द गरिएको थियो ।
 
 
 

Post Your Comment