Market Closed

अब आधा मात्रै भरेको ग्यास सिलिन्डर पाइने, नाकाबन्दीको झझल्को

26 Mar,2020
  • gas_3_26_2020_4_11_34.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण विश्वभर लक डाउनको अवस्था छ । यातायातका साधन ठप्पप्रायः भएको अवस्थामा सरकारले सम्भावित संकट टार्न आधा सिलिन्डरमात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ । एउटै परिवारले एक भन्दा बढी ग्यास संग्रह गर्न थालेपछि बजारमा ग्यासको माग पनि उच्च देखिएको छ । यसैलाई मध्यनजर गरेर नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेको ग्यास बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

यसअघि नाकाबन्दीका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरिएको थियो । एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब आधामात्र भर्दा प्रत्येक सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका अनुसार माग अनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । निगमको यस निर्णयसँगै सर्वसाधारण उपभोक्ताले एकपटक फेरि नाकाबन्दीको याद गर्नेछ । 
 

Post Your Comment