Market Closed

अब बैंकको ब्याजदर घट्ने

07 Apr,2020
  • MBA_img_4_7_2020_9_09_59.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकहरुले ऋणको ब्याज घटाउने अनि निक्षेपको ब्याजदर पनि तल झार्ने सहमत गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण कर्जा प्रवाहमा ह्रास हुन थालेपछि बैंकहरुले यो निर्णय गरेका हुन् । साथै, वित्तीय प्रणालीलाई संकटबाट जोगाउन पनि यसले सहयोग पुग्ने उनीहरुको भनाई छ । कर्जाको ब्याजदर घट्दा ऋणीलाई फाइदा हुन्छ । यतिबेला वित्तीय प्रणालीमा तरलता सहज अवस्थामा छ । 
 
बैंकर्स संघले वैशाख १ गतेबाट आधार दर घटाउने निर्णय गरेको छ । आधार दरमा केही प्रतिशतले प्रिमियम थप गर्दै बैंकहरुले ऋण प्रवाह गर्छन् । आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । बैंकहरुले आधार दर कम गराउनेछन् । आधार दर तल झरेपछि ब्याजदर पनि स्वतः तल आउनेछ । अब व्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याज दर घट्नेछ । बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर ८.७५ प्रतिशत (अधिकतम) मा झार्नेछन् ।

यसैगरी, संस्थागतको ८.५ प्रतिशत हुनेछ । यसअघि व्यक्तिगतको ९.७५ प्रतिशत, संस्थागतको ९.५ ब्याज लिन सक्ने सहमति थियो । यता, बचतको ब्याज ५.५ प्रतिशतमा झार्ने सहमति भएको छ । यसअघि बचतको ब्याजदर अधिकतम ६.६ प्रतिशत थियो । बैंकर्स संघले ब्याजदर घटाउने वा बढाउने निर्णय सहमतिमा गर्दै आएको छ । 
 

Post Your Comment