Market Closed

अधिकारीले सम्हाले गभर्नरको जिम्मेवारी

07 Apr,2020
  • Maha-Prasad-adhikari_4_7_2020_12_31_06.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन् । त्यस लगत्तै उनले नेपाल राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् ।
 
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । यसरी नियुक्त गभर्नरले प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा छ । त्यही प्रावधान अनुसार गभर्नर अधिकारीले सपथ लिएका हुन् ।

Post Your Comment