Market Closed

गभर्नर अधिकारीले पदभार ग्रहणसँगै कोरोना प्रभाव अध्ययन गर्न बनाए कमिटी

07 Apr,2020
  • maha_pradad_4_7_2020_1_53_48.jpeg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेसँगै कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अध्ययन गर्न एक कमिटी गठन गरेका छन् । कोरोनाले अर्थतन्त्रमा पारेको असर र त्यसको न्यूनीकरण गर्न के–के गर्नुपर्छ भन्ने विषयको निष्कर्ष निकाल्न कमिटी गठन गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
 
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । यसरी नियुक्त गभर्नरले प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान अनुसार अधिकारीले आजै मंगबार सपथ लिएर पदभार ग्रहण गरेका हुन् ।
 
 
 

Post Your Comment