Market Closed

पाकिस्तानमा कोराना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित फेला परे

21 May,2020
  • corona_pakostan_5_21_2020_6_50_18.jpg
 
 
 
काठमाडौं : पाकिस्तानमा विगत २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार १९३ जना संक्रमित देखिएका हुन् ।
 
योसँगै देशभर अहिलेसम्म कोरोना भाइरसबाट कुल संक्रमित संख्या ४८ हजार ९१ जना पुगेको छ । उनीहरुले अहिलेसम्म कोरोनाका कारण १ हजार १७ जनाको मृत्यु भएको र ती मध्ये ३२ जनाको पछिल्लो २४ घण्टामै मृत्यु भएको पनि जानकारी दिएका छन् ।
 
देशभर अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै परीक्षण पनि बुधबार नै गरिएको छ । बुधबार मात्रै १५ हजार ३४६ जनाको कोरोना भाइरस परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।
 
उनीहरुका अनुसार अहिलेसम्म देशभर कुल ४ लाख २९ हजार ६ सय भन्दा बढीको परीक्षण गरिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेका छन् । सिन्ध प्रान्तमा मात्रै १८ हजार ९६४ जना संक्रमित फेला अधिकारीहरुले जनाएका छन् । 
 
त्यसपछि दोस्रो धेरै पन्जावमा ६ हजार ८१५ जना छन् । केन्द्रीय राजधानी रहेको इस्लामावादमा १ हजार २३५ जना, गिल्गित बालोचिस्तानमा ५७९ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १४८ जना संक्रमित रहेका छन् । अहिलेसम्म १४ हजार १५५ जना निको  भएर घर फर्किएका छन् ।
 
रासस

Post Your Comment