Market Closed

कागेश्वरीमा २३ को आरडीटी पोजेटिभ, पीसीआर भने नेगेटिभ

22 May,2020
  • kageshwori_5_22_2020_9_25_14.jpg
 
 
 
काठमाडौं : राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडीटी परीक्षणमा पोजेटिभ देखिएका २३ जनाको पीसीआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी करीब २०० जनाको सोमबार गरिएको आरडीटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो । आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडीटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले राससलाई जानकारी दिए । 
  
आरडीटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उनले बताए । 
 
यसअघि आरडीटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र ९ जना महिला थिए । कोरोनाको आरडीटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी, नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी  गरी पोजेटिभ आएका २ जनाको पीसीआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
 
रासस

Post Your Comment