Market Closed

टिचिङ अस्पतालबाट पनि अब पीसीआर परीक्षण सुरु

26 May,2020
  • Tribhuvan-University-Teaching-Ho_5_26_2020_10_38_28.jpg

 
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पनि पीसीआर प्रविधिबाट कोभिड–१९ को परीक्षण सुरु भएको छ । सोमबार (वैशाख १२ गते) बाट यो सेवा सुरु गरिएको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पीसीआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड–१९ परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिए । 
 
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा खेम कार्कीले कोभिड–१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पीसीआर प्रयोगशाला सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकामा भने ५ वटा पीसीआर ल्याब सञ्चालन भएका छन् । 
 
मन्त्रालयका विज्ञ सल्लाहाकार डा कार्कीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, वीर अस्पतालमा १, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा १ र शिक्षण अस्पतालमा १ जरी ५ ठाउँमा पीसीआर सञ्चालन गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए । परीक्षण गरिएको ६ देखि ८ घण्टामा रिपोर्ट आउनेछ । 

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झाले परीक्षण गराउनेको संख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित संक्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताए । उनले आफूले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताए । अहिलेसम्म पीसीआरबाट ४८ हजार ८१५ र आरडीटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ ।
 
 रासस
 
 

Post Your Comment