Market Closed

कोरोना संक्रमितमध्ये २३ लाख ६६ हजार जना निको भएर घर फर्किए

26 May,2020
  • corona_6_5_26_2020_11_30_14.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख ९० हजार ३५८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४७ हजार ९०१ छ । हालसम्म २३ लाख ६६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म झन्डै १ लाख जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ६ हजार २२६ पुगेको छ । अमेरिकामा ४ लाख ६४ हजार ६७० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
 
बेलायतमा हालसम्म ३६ हजार ९१४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार १८४ जना संक्रमित रहेका छन् । रुसमा हालसम्म ३ लाख ५३ हजार ४२७ संक्रमित हुँदा ३ हजार ६३३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८२ हजार ४८० पुगेको छ भने २६ हजार ८३७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३० हजार १५८ पुग्दा ३२ हजार ८७७ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८२ हजार ९४२ हुँदा २८ हजार ४३२ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३ लाख ७६ हजार ६६९ जना संक्रमित हुँदा २३ हजार ५२२ जनाको मृत्यु भएको छ । पछिल्लो समय ब्राजिलमा संक्रमित र मृत्यु हुनेको दर उच्च रुपमा बढेको छ । त्यस्तै, जर्मनीमा १ लाख ८० हजार ७८९ जना संक्रमित हुँदा ८ हजार ४२८ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ५७ हजार ८१४ संक्रमित हुँदा ४ हजार ३६९ को ज्यान गएको छ । यता, भारतमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । 

भारतमा हालसम्म १ लाख ४५ हजार ४५६ संक्रमित हुँदा ४ हजार १७२ जनाको मृत्यु भएको छ । इरानमा १ लाख ३७ हजार ७२४ जना संक्रमित हुँदा ७ हजार ४५१ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा ७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८२ हजार ९९२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 

पाकिस्तनमा ५७ हजार ७०५ संक्रमित हुँदा १ हजार १९७ जनाको ज्यान गएको छ । बंगलादेशमा ३५ हजार ५८५ संक्रमित हुँदा ५०१ को मृत्यु भएको छ । जापानमा १६ हजार ५८१ जना संक्रमित हुँदा ८३० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६८२ जना संक्रमति फेला पर्दा ११२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४ जनाको भने मृत्यु भएको छ ।    
 
 
 
 
 

Post Your Comment