Market Closed

बजेटलाई सेयर बजारका लगानीकर्ताले कसरी हेरेका छन् ?

29 May,2020
  • budget_5_29_2020_9_39_22.png
नेपाली पैसा 
 
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको विषम परिस्थितिमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत व्यवस्थापनको दबाब हुँदाहुँदै पनि उक्त परिणामको बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक बजेट अनुसार स्वास्थ र रोजगारीका क्षेत्रमा केन्द्रित भएको देखिन्छ ।

कोरोना प्रभावित उद्योग व्यवसायिलाई केही हदसम्म बजेटले राहत दिन खोजेको छ । यसैक्रममा सेयर बजारका लगानीकर्ताले भने अगामी आर्थिक वर्षको बजेटलाई मिश्रित रुपमा हेरेका छन् । हेरौं, लगानीकर्ताले यसलाई कसरी विश्लेषण गरेका छन् : 
 
बजेट पुँजी बजारका लागि केही हदसम्म सकारात्मक

 
ताराप्रसाद फुल्लेल
 
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ, नेपाल
 
हाल सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिन (मर्ज) लाई प्रोत्साहन गरिएकाले सेयर बजारमा यसले सकारात्मक प्रभाव पार्नेछ । ५% ब्याजको सहुलियतपूर्ण कर्जाले बैंकहरूले लगानी गरेका क्षेत्रहरू थप चलायमान भै आर्थिक कारोबार सकारात्मक हुन सक्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले बाह्य ऋण ल्याउन पाउने व्यवस्थाले तरलता व्यवस्थापन गर्न थप सहज हुनेछ भन्ने पुँजी बजारमा वर्षौं देखि माग गरिंदै आएको स्टक डिलरको व्यवस्थाले माग र आपूर्तिको सन्तुलन कायम भै अनावश्यक रूपमा हुने उतार चढावलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ ।

समग्रमा बैंक तथा वित्तीय संस्थामा विद्युतीय भुक्तानी प्रणाली, हेज फण्डको व्यवस्था, वस्तु विनिमय प्रणालीको स्थापना जस्ता कार्यले लगानिकर्ताको लगानी विविधीकरण गर्न सहयोग पुग्नेछ । लगानीका क्षेत्र व्यवस्थित र विश्वासिलो हुने हुँदा यस क्षेत्रमा नयाँ लगानिकर्ता आकर्षित हुन सक्नेछन । करदाताले अनलाइन मार्फत कर चुक्ता प्रमाणपत्र लिन पाउने व्यवस्था गरिएको छ । सेयर बजारमा पूर्णरुपमा विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने बताइएको छ । पुँजी बजारको आवश्यकतालाई सरकारले महसुस गर्दै नेपालको पानी जनताको लगानीलाई निरन्तरता दिइएको छ ।

जसले गर्दा पुँजी बजारमा नयाँ लगानिकर्ताको प्रवेश हुने अनुमान गर्न सकिन्छ । आगामी आर्थिक वर्षबाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने भनिएको छ । स्टक डिलर सञ्चालनमा आउने र वस्तु् विनिमय बजारको व्यवस्था गर्ने, नेप्से, सेबोन र सीडीएससीको संरचनागत सुधार गर्ने जस्ता कुराहरूले आगामी दिनमा नेपालको पुँजी बजार  केही हदसम्म सकारात्मक हुने अपेक्षा गर्न सकिन्छ । 
 
सगम्र पुँजी बजारको विकासलाई समेट्न सकेन 
 

 
राधा पोखरेल 

अध्यक्षनेपाल पुँजी बजार लगानीकर्ता संघ
 
सेयर बजारको लागी आगमी २०७७–७८ को बजेट ‘कागलाई बेल पाक्यो हर्ष न विष्मत’ भने झै भएको छ । आगामी आर्थिक वर्षदेखि डिलरसिपको ब्यवस्था गरिने भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारका लागि कार्यक्रम यो बजेटमा नपरेको देखिन्छ । विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आर्थिक वर्षमै भएको व्यवस्थाको लागि थप समय खर्चेको जस्तो लाग्यो । आगामी वर्षको बजेटबाट आम खासै लगानीकर्ता लाभान्वित हुने देखिएन ।

त्यसैले यो बजेट मलाई महत्वकाक्षी छ भन्ने लाग्छ । कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर बजेटले सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामि आशावादी रहेको थियौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकेको छैन ।
 
बजेटले लगानीकर्तालाई राहात महशुस गराएन
 


 
संरक्षणा चौधरी 

अध्यक्षनेपाल पुँजीबजार संघ
 
स्वास्थ र रोजगारीका क्षेत्रमा केन्द्रित आगामी आर्थिक वर्षको बजेटमा केही नयाँ कुराहरु आएपनि धेरै जोड पुरानैलाई दिएको देखिन्छ । बजेटमा पुँजी बजारको दायरा फलाकिलो बनाइने भनेको छ । तर, यसमा स्पष्टता भएन । स्टक डिलरको कुरा पहिला नै समावेश भएको हो तर, त्यो कार्यान्वयन भएको थिएन । फलस्वरुपः यसपाली पनि त्यो आशंका कै विषय छ । कारोबार पूर्ण अनलाइन गर्ने भनिएको छ । यसमा प्रविधि अनुसार चल्नुपर्ने देखिन्छ ।

यता, नियामक निकाय नेप्से, सेबोन, सीडीडएसको पुनर्संरचना गर्ने भनिएको छ । यो राम्रो लाग्यो । यसमा अझै प्रविधिको गुणस्तर तोकिदिँदा राम्रो हुन्थ्यो । कारोबार भइरहेको सूचीकृत कम्पनीहरुको खरिदबिक्री गर्न त हम्मेहम्मे भएको अवस्थामा ऋणपत्रको दोस्रो बजारमा कारोबार गराउने कुरामा अझै स्पष्टता हुन सकेन । यस्तो विषम परिस्थितिमा लगानीकर्तालाई राहतका कुरा आएन । फलस्वरुपः लगानीकर्ता प्रोत्साहित हुन सकेनन् । 
 

Post Your Comment