Market Closed

अवस्था असामान्य भएकाले बजेटको आकार घटाइएको हो : अर्थमन्त्री

29 May,2020
  • FM_khatiwada_5_29_2020_3_45_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्था असामान्य भएकाले नै चालु वर्षको भन्दा सानो आकारको बजेट ल्याइएको बताएका छन् । बजेटका बारेमा जानकारी दिन आयोजित भर्चुअल प्रेस मिट कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । अघिल्लो वर्षको भन्दा पछिल्लो वर्षको बजेटको आकार सानो आएको छ । यसले हामी सामान्य अवस्थामा छैनौं भन्ने देखाउँछ ।

सामान्य अवस्थामा अघिल्लो वर्षको भन्दा पछिल्लो वर्ष बजेटको आकार सानो हुँदैन । अहिले हामी निकै कठिन अवस्थामा छौं । त्यही भएर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा आकारमा ४% सानो छ । जनजीवन सुरक्षा गर्नु नै अहिलेको सबैभन्दा ठूलो काम हो, अर्थमन्त्रीले भने । 
 
हामीले चैतमा गरेको अनुमान जेठसम्म आइपुग्दा धेरै फरक परिसकेको छ । अर्थतन्त्रका सूचकहरुमा कोरोनाले अनपेक्षितरुपमा परिवर्तन गराएको छ । छिटो प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित हुनेछ । राष्ट्रिय महत्वका र गेम चेन्जर आयोजनालाई भने बजेटमा प्राथमिकता राखिएको अर्थमन्त्रीले जानकारी दिए । 

Post Your Comment