Market Closed

विश्व बैंकले नेपालाई १० करोड अमेरिकी डलर ऋण दिने

03 Jun,2020
  • World-Bank_6_3_2020_12_24_55.jpg
नेपाली पैसा
 
काठमाडौं ः नेपालका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । यो ऋण नेपालको ऊर्जा क्षेत्र र कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा खर्च हुनेछ । विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत यो ऋण स्वीकृत गरेको हो । 
 
डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत विश्व बैंकले नेपालको नीतिगत, नियामकीय र संस्थागत सुधारका क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यसैअनुसार, यसपटक विद्युत क्षेत्रका लागि ऋण स्वीकृत गरेको हो । ऋण स्वीकृत गर्दै विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जेर्भोसले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सुधारका लागि सहयोग गरिरहेको बताएका छन् । 
 

Post Your Comment