Market Closed

कर संकलनका लागि विदामा पनि बैंक खोल्न केन्द्रीय बैंकको निर्देशन

03 Jun,2020
  • nrb_img_6_3_2020_2_35_13.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सरकारले जेठ २५ गतेसम्म कर बुझाउन भनेपछि उक्त समयसम्म सार्वजनिक विदा परेमा वा शनिबारको दिन पनि राजस्व बुझ्ने शाखा खोल्न निर्देशन दिइएको हो । केन्द्रीय बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न भनेको छ ।

सरकारले गत सोमबार सूचना जारी गर्दै चालु आर्थिक वर्षको कर तथा विवरण जेठ २५ गतेभित्र बुझाउन भनेको छ । यद्दपि, सरकारको यस निर्णयको सर्वत्र विरोध भएको छ । निजी क्षेत्रका अलवला नेपाली काँग्रेससहितका प्रतिपक्षी दले पनि तीखो आलोचना गरेका छन् । आम जनताले पनि यसको चौतर्फी विरोध गरेका छन् ।
 

Post Your Comment