Market Closed

देउवा भन्छन् : लक डाउनमा कर तिर्ने ताकेताको भद्र अवज्ञा गरौं

03 Jun,2020
  • deuwa_6_3_2020_3_53_34.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्न जारी निर्देशन तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले लक डाउनका कारण संकटमा परेका उद्यमी व्यवसायीलाई राहत दिनुको सट्टा उल्टै लक डाउन समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् । 
 
देउवाले जेठ २५ भित्र किर तिर्ने ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प नरहेको पनि बताएका छन् । व्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।
 
‘व्यवसायीहरुले भोग्नुपरेको व्यावसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको हो । प्रतिपक्षको पटकपटकको आग्रहका बाबजुत राहतको न्यायोचित प्रबन्ध गर्न सरकार बिल्कुलै गम्भीर नभएको समेत देउवाले आरोप लगाएका छन् । 


Post Your Comment