काठमाडौं : नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङ कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ हजार ३०० जना पुगेको छ ।
अहिलेसम्म कुल २७८ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । यस्तै, बुधबार दिउँसो दोलाखाका ७६ वर्षीय एक जना पुरुषको कोरोना संक्रमणबाट टिचिङ अस्पतालमा मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।