नेपाली पैसा
काठमाडौं : कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने क्रम सुरु भएको छ । यसैक्रममा पहिलोपटक शुक्रबार बर्मामा रहेका नेपालीलाइ लिएर जहाज काठमाडौै आइपुगेको छ । बिहान १० बजेर ५० मिनेटमा बर्माबाट आएको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
जहाजले बर्माबाट २५ जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले जनाएको छ । बर्माले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो । यसरी आएकालाई अब होल्डिङ सेन्टरमा राखिनेछ ।