Market Closed

दैलेखमा ६ बजेबाट निषेधज्ञा जारी, थप ९१ जनामा कोरोना देखियो

05 Jun,2020
  • dailekh_6_5_2020_4_26_16.jpg
 
 
दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले  नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

यसैगरी, दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुकाखोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्म जारी गरिएको हो । कोरोना जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिनेछ ।  
 
निषेधाज्ञा उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । संक्रमणबाट जोगिन, भीडभाड नगर्न–नगराउन, जमघटन नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमण चुलिएको छ । अहिलेसम्म दैलेखमा २१८ जनामा संक्रमण फैलिएको छ । शुक्रबार मात्रै थप ९१ जनामा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । 
 
रासस

Post Your Comment