Market Closed

हाल कायम लक डाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय

30 Jun,2020
  • Lock-Down_6_30_2020_8_16_33.jpg
नेपाली पैसा 

काठमाडौं : सरकारले हाल कायम लक डाउन मोडललाई आगामी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले हाल कायम मोडलकै लक डाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको हो । तर स्थानीय निकायहरुले भने आवश्यकता अनुसार केही खुकुलो भने बनाउन सक्नेछन् तर यसका लागि केन्द्रसँग समन्वय गर्नुपर्छ ।

यस निर्णय अनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन्  निजी सवारीसाधन जोर बिजोर प्रणालीमै सञ्चालन हुनेछन् ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि बन्द हुनेछन् । शैक्षिक संस्थाहरू पनि उक्त समयसम्म खुल्नेछैनन् । 
 
 

Post Your Comment