नेपाली पैसा
काठमाडौं : केन्द्रीय बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा खरिदबिक्री भइरहेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर कमजोर बनेको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो ।