Market Closed

विश्वमा कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

30 Jun,2020
  • corona_sa_6_30_2020_12_10_59.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख १२ हजार ३४३ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख ८ हजार २२८ पुगेको छ । हालसम्म ५६ लाख ६७ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २८ हजार ७८३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २६ लाख ८१ हजार ८११ पुगेको छ ।

ब्राजिलमा हालसम्म १३ लाख ७० हजार ४८८ जना संक्रमित हुँदा ५८ हजार ३८५ जनाको मृत्यु भएको छ । रुसमा ६ लाख ४१ हजार १५६ संक्रमित हुँदा ९ हजार १६६ जनाको मृत्यु भएको छ । भारतामा हालसम्म ५ लाख ६७ हजार ५३६ संक्रमित हुँदा १६ हजार ९०४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४३ हजार ५७५ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ९६५ जना संक्रमित रहेका छन् ।

स्पेनमा संक्रमितको संख्या २ लाख ९६ हजार ५० पुगेको छ भने २८ हजार ३४६ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ८२ हजार ३६५ जना संक्रमित हुँदा ९ हजार ५०४ जनाको मृत्यु भएको छ । चिलीमा २ लाख ७५ हजार ९९९ संक्रमित हुँदा ५ हजार ५७५ जनाको मृत्यु भएको छ । 

यता, इटालीमा संक्रमितको संख्या २ लाख ४० हजार ४३६ पुग्दा ३४ हजार ७४४ जनाको मृत्यु भएको छ । रानमा २ लाख २५ हजार २०५ जना संक्रमित हँदा १० हजार ६७० जनाको मृत्यु भएको छ । मेक्सिकोमा २ लाख २० हजार ६५७ जना संक्रमित हुँदा २७ हजार १२१ को मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९ हजार ३३७ संक्रमित हुँदा ४ हजार ३०४ जनाको ज्यान गएको छ । 

टर्कीमा १ लाख ९८ हजार ६१३ संक्रमित हुँदा ५ हजार ११५ को ज्यान गएको छ । जर्मनीमा १ लाख ९५ हजार ३९२ जना संक्रमित हुँदा ९ हजार ४१ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ६४ हजार २६० हुँदा २९ हजार ८१३ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ४१ हजार ८०१ संक्रमित हुँदा १ हजार ७८३ को मृत्यु भएको छ । 

चीनमा पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ५३१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा १८ हजार ४७६ जना संक्रमित हुँदा ९७२ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १३ हजार २४८ जना संक्रमति फेला पर्दा ३ हजार १३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २९ जनाको भने मृत्यु भएको छ ।    
 

Post Your Comment