Market Closed

भारतमा टिकटकसहित ५९ मोबाइल एप प्रतिबन्ध

30 Jun,2020
  • tiktok_6_30_2020_3_21_26.jpg
 
काठमाडौं : भारत सरकारले विभिन्न ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । जसमध्ये अधिकांश चिनियाँ कम्पनीले निर्माण गरेका एपहरु रहेका छन् । प्रतिबन्धित एपमा पछिल्लो समय निकै लोकप्रिय बनेका टिकटक, वीच्याट, यूसी ब्राउजर र सेअरइट लगायतका छन् । लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला भारतले यस्तो निर्णय लिएको हो ।

इलेक्ट्रोनिक्स तथा आइटी मन्त्रालयका अनुसार ती एपहरू ’भारतको सम्प्रभुत्ता र सुरक्षाका निम्ति खतरा देखिएकाले प्रतिबन्धित गरिएको हो । आईटी मन्त्रालयले आइटी कानुन अनुसार नै यो निर्णय लिएको हो । ती एपहरू एन्ड्रोइड र आइओएस दुवैमा प्रतिबन्धित गरिएको छ ।

मन्त्रालयका विज्ञप्तिमा भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डाटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको उल्लेख छ । यस निर्णयसँगै अब भारतीय नागरिकले एप स्टोरबाट ती एपहरू हटाउनुपर्नेछ । 
बीबीसी
             
 
 
 

Post Your Comment