Market Closed

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता

12 Jul,2020
  • New-notes_7_12_2020_11_14_54.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) निकै सहज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा करिब १ खर्ब ४० अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ । केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४० अर्ब रुपैयाँ हाराहारीमा लगानी गर्न सक्ने तरलता रहेको छ ।’

बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ । तरलता सहज हुँदा सेयर बजारमा भने सकारात्मक प्रभाव परिरहेको छ । पछिल्ला दिनहरुमा अत्याधिक मात्रामा सेयर खरिदबिक्री हुनु अनि बजार पनि माथितिर लाग्नुमा यही तरलता सहज हुनुलाई नै प्रमुख कारण मानिएको छ । 
 

Post Your Comment