Market Closed

अनलाइन प्रयोगकर्ता कति पुगे, सबैभन्दा बढी कुन ब्रोकरबाट हुँदैछ कारोबार ?

12 Jul,2020
  • online_system_7_12_2020_2_04_27.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पछिल्लो तथ्यांक अनुसार अनलाइन प्रयोग गर्ने लगानीकर्ताको संख्या ३१ हजार ९ सय ८८ जना पुगेको छ । पछिल्लो समय अनलाइन प्रयोगकर्ता बढेको देखिन्छ । तथापि, लगानीकर्ता संख्याको अनुपातमा भने यो आँकडा अझै निकै कम हो । नेपाली सेयर बजारमा सक्रिय र निष्कृय गरी १५ लाखभन्दा बढी लगानीकर्ता रहेको अनुमान छ ।  
 
सीडीएसको पछिल्लो तथ्यांक अनुसार १७ लाख ११ हजार जनाले डिम्याट खाता खोलेका छन् । अनलाइनको युजर नेम र पासवर्ड लिएर कारोबार गर्नेमा सबैभन्दा धेरै संख्या भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) मा रहेको छ । यस कम्पनीबाट २ हजार १६८ जनाले अनलाइन प्रयोग गरेको तथ्यांक छ । दोस्रोमा कोहिनूर इन्भेष्टमेन्टबाट १९ सय ८० जनाले अनलाइन प्रयोग गरेको देखिन्छ । 
 
 

Post Your Comment