Market Closed

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीलाई पनि देखियो कोरोना

12 Jul,2020
  • aishwarya-aaradhya_7_12_2020_5_33_42.jpg
नेपाली पैसा
 
काठमाडौं : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बच्चन परिवारको आमा छोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो । अमिताभकी धर्मपत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको तोपेले जानकारी दिएका छन् ।
 
यता, कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ । 
 
एजेन्सी
 
 

Post Your Comment