Market Closed

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना भाइरस संक्रमण

13 Jul,2020
  • Bolivian_Economy_Minister_Oscar_7_13_2020_1_53_43.jpg
 
लापाज : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री रहेका छन्। बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरुलाई कोरोना संक्रमण भएको थियो । यसैगरी, बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बसेका छन् ।
 
अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन् । १ हजार ७५४ जनाको कोरोनाको कारण निधन भइसकेको छ । 
  
रासस–एएफपी 
 
 

Post Your Comment