Market Closed

चिनियाँ प्रधानमन्त्री लीद्वारा अर्थतन्त्र उकास्न सुधार कार्यक्रम ल्याउने घोषणा

14 Jul,2020
  • li-keqiang_7_14_2020_1_20_49.png
 
काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रम अघि बढाएर महामारीपछिको अर्थतन्त्रलाई उकास्न आवश्यक नीतिहरूको तर्जुमा गरिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत रहेका प्रधानमन्त्री लीले चीनमा कोभिड–१९ महामारीपछिको अवस्था विश्लेषण गर्न भेला भएका उद्यमी तथा अर्थशास्त्रीहरूलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् । 
 
सन् २०२० मा विश्व अर्थतन्त्रसँगै चिनियाँ अर्थतन्त्रले पनि असामान्य अवस्थाको सामना गर्नुपरेको भए पनि यसको व्यवस्थापनमा चीन जुटिसकेको उनले बताए । यसर्थ, पूर्ववत् अवस्थामै आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको पनि उनको दाबी छ । चीनले महामारीका समयमा प्रभावित देशका मध्यम तथा साना उद्योगहरूलाई सहयोग गर्ने नीति अघि सारेको छ ।

सोही अनुरूप आर्थिक सुधारका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारले कर र शुल्कमा कटौती गरेको छ भने समावेशी वित्तजस्ता कार्यक्रमले व्यापार व्यवसायलाई चलायमान बनाउन सफल भएको  उनको भनाई छ । यसबाट रोजगारी अवस्थालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री लीले बताए । 
 
रासस–सिन्ह्वा 
 

Post Your Comment