जोहान्सवर्ग : दक्षिण अफ्रिकाको सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी बढ्दै गएपछि विद्यालय तथा विश्व विद्यालयहरु बन्द गर्न लागिएको हो ।
राष्ट्रति सिरिल रामाफोसाले जुलाई २७ देखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्व विद्यालयहरु बन्द गर्ने आदेश जारी गरेका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यताको तथ्यांकमा हेर्दा थप १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको छ ।
रासस–एएनआई