Market Closed

भारतमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण

26 Jul,2020
  • shivraj-3_7_26_2020_2_00_02.jpg
 
काठमाडौं : भारतका मध्य प्रदेश मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री चौहानले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।



मुख्यमन्त्री चौहानले भनेका छन्,‘ मलाई कोरोना लक्षण देखिएको थियो, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यसर्थ, मेरो सम्पर्कमा आउनु भएका सबैले कोरोना परीक्षण गराउनु होला । यस्तै मेरो सम्पर्कमा आउनु भएकाहरु क्वारेन्टाइनमा पनि बस्नु होला ।’ आफूले कोरोनाबाट जोगिन सबै नियमहरु पालना गरेको र डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेसनमा बसेको पनि उनले उल्लेख गरेका छन् । 
 
 एजेन्सी
 
 
 
 

Post Your Comment