Market Closed

ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल

02 Aug,2020
  • traffic_8_2_2020_12_40_30.jpg
 
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनमा २ ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिए ।

उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिए । यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महाशाखामा हाल १ हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताए ।

क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब संकललन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । स्वाब संकलनको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन् । 
 
रासस
 

Post Your Comment