Market Closed

थप ३६० जनामा संक्रमण पुष्टि, ६५ को ज्यान गयो

06 Aug,2020
  • coronavirus-ec_8_6_2020_4_41_09.jpeg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा बिहीबार थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ३६० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० जना पुगेको छ ।

यस्तै, हालसम्म कुल १५ हजार ३८९ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । बिहीबार मात्रै २३३ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता, पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान जानेको संख्या ६५ पुगेको छ ।
 

Post Your Comment