Market Closed

थप ४६४ जनामा संक्रमण पुष्टि, अरु ५ जनाको ज्यान गयो

07 Aug,2020
  • corona_machine_8_7_2020_4_44_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ४६४ जना कोरोना संक्रमित थपिएका हुन् । थपिनेमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मात्रै १०६ जना छन् । जसमा काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ जना पुगेको छ ।

 
 यस्तै, हालसम्म कुल १५ हजार ८१४ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । शुक्रबार मात्रै ४२५ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता, पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान जानेको संख्या ७० पुगेको छ ।
 
 

Post Your Comment