Market Closed

कोरोना भाइरसबाट विदेशमा १९१ नेपालीको ज्यान गयो

09 Aug,2020
  • corona_s_8_9_2020_8_28_57.jpg
 
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे ज्यान गएको थियो । नेपालसहित विभिन्न देशमा गरी २६४ भन्दा बढी नेपालीको कोरोनाकै कारणले निधन भइसकेको छ ।गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप संक्रमण देखिएको छ ।

गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ । विश्वका विभिन्न ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । 

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथ अफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो । हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना संक्रमणबाट मुक्त भएको जनाइएको छ । 
 
रासस
 

Post Your Comment