Market Closed

कोरोना संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा लक डाउन लम्ब्याइयो

24 Aug,2020
  • Lockdown__8_24_2020_1_39_53.jpeg
नेपाली पैसा
 
काठमाडौं : कोराना संक्रमण समुदायमा फैलिएपछि कपिलवस्तुमा थप ८ दिन लक डाउन थपिएको छ । यसअघि एक हप्ताका लागि जारी लक डाउन आइतबार (आज) राति १२ बजे सकिएकाले फेरि समय बढाइएको हो ।  जिल्ला सुरक्षा समिति बैठकले लक डाउन भदौ १५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय वस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लक डाउन जारी गरेको हो ।

यस जिल्लामा साउन २६ गते राति १२ बजेदेखि लगातार लक डाउन हुँदै आएको छ । पछिल्लो समय जिल्लाभित्र समुदाय तहमा कोरोना संक्रमण फैलिदै गएको छ । अहिलेको स्थितिमा कोरोनाबाट बच्ने एक मात्र उपाय लक डाउन भएको निष्कर्ष निकाल्दै भदौ १५ गतेसम्म जिल्लामा लक डाउन जारी गरिएको हो ।

जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएको अवस्थामा हालकै लक डाउन यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । लक डाउनको समयमा बैंक तथा वित्तीय संस्था भने बिहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खुलाउन सकिने प्रशासनले स्पष्ट पारेको छ । 
 

 
 
 
 
 
 
 
 

Post Your Comment