Market Closed

भारतमा कोरोना भाइरस संक्रमणदर निकै तीब्र

05 Sep,2020
  • coronavirus-agencies_9_5_2020_12_04_33.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६७ लाख ९५ हजार ७०८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २३ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ७८ हजार ९६३ पुगेको छ । हालसम्म १ करोड ८९ लाख ७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६३ लाख ८९ हजार ५७ पुगेको छ । यहाँ हालसम्म १ लाख ९२ हजार १११ हजार जनाको मृत्यु भएको छ । 

ब्राजिलमा हालसम्म ४० लाख ९१ हजार ८०१ जना संक्रमित हुँदा १ लाख २५ हजार ५८४ जनाको ज्यान गएको छ । यता, भारतमा कोरोना भाइरस तीब्र गतिमा बढिहेको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ८६ हजार ४०५ जना नयाँ संक्रमित थप भएका छन् । योसँगै भारतमा हालसम्म ४० लाख २३ हजार १७९ संक्रमित हुँदा ६९ हजार ६३५ जनाको मृत्यु भएको छ । रुसमा १० लाख १५ हजार १०५ संक्रमित हुँदा १७ हजार ६४९ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७६ हजार ८४८ जना संक्रमित हुँदा २९ हजार ५५४ जनाको निधन भएको छ । कोलम्बियामा ६ लाख ५० हजार ६२ संक्रमित हुँदा २० हजार ८८८ जनाको मृत्य भएको छ । साउथ अफ्रिकामा ६ लाख ३५ हजार ७८ जना संक्रमित हुँदा १४ हजार ६७८ जनाको ज्यान गएको छ । मेक्सिकोमा ६ लाख २३ हजार ९० जना संक्रमित हुँदा ६६ हजार ८५१ को मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ५ लाख १७ हजार १३३ पुगेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा ४ लाख ६१ हजार ८८२ संक्रमित हुँदा ९ हजार ६२३ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख १८ हजार ४६९ जना संक्रमित हुँदा ११ हजार ९९४ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ८२ हजार ७७२ जना संक्रमित हँदा २१ हजार ९२६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ५३७ जनाको मृत्यु भएको छ भने ३ लाख ४२ हजार ३५१ जना संक्रमित रहेका छन् । बंगलादेशमा हालसम्म ३ लाख २१ हजार ६१५ संक्रमित हुँदा ४ हजार ४१२ को मृत्यु भएको छ ।

साउदी अरबमा ३ लाख १९ हजार १४१ हजार संक्रमित हुँदा ४ हजार १५ जनाको मृत्यु भएको छ । फ्रान्समा ३ लाख ९ हजार १५६ संक्रमित हुँदा ३० हजार ७०६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९८ हजार २५ संक्रमित हुँदा ६ हजार ३४० जनाको ज्यान गएको छ । चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ११२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

जापानमा ७० हजार २६८ जना संक्रमित हुँदा १ हजार ३३० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४४ हजार २३६ जना संक्रमति फेला पर्दा २५ हजार ५६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २७१ जनाको भने मृत्यु भएको छ ।  
 
 
 
 
 

Post Your Comment