Market Closed

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा बढ्यो चहलपहल

10 Sep,2020
  • Lockdown-ma-vehicle-jam_9_10_2020_11_35_34.jpg
नेपाली पैसा
 
काठमाडौं : काठमाडौं उपत्यकामा गत ३ सातादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज बिहीबार बिजोर नम्बरका सवारी साधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको प्रहरीले जनाएको छ । आजैदेखि १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् ।

यस्तै, चालकसहित ३ जनासम्म चलाउन पाइने आदेश जारी भएपछि आजदेखि निर्वाधरूपमा ट्याक्सी पनि सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् । 
 

Post Your Comment