Market Closed

नक्कली भ्याट बिल बनाई करिब ३७ करोड रुपैयाँ राजस्व छली

23 Sep,2020
  • Department-of-Revenue-Investigation_9_23_2020_10_36_49.jpg
नेपाली पैसा
 
काठमाडौं : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान विभागले विभिन्न ७ कम्पनीलाई मुद्दा चलाएको छ । विभागले विभिन्न ७ कम्पनी विरुद्ध ३६ करोड ८८ लाख रुपैयाँ बराबरका ३ मुद्दा उच्च अदालत पाटनमा दायर गरेको हो । विभागका अनुसार नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा चितवन भरतपुर महानगरपालिका २ स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक केशवराज कँडेल समेत ३ जना उपर ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, ललितपुर महानगरपालिका १३ स्थित स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर विरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका प्रोप्रइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनल प्रालिका संचालक हर्ष चौधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यी कम्पनीले ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँ बराबरको राजस्व छली गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।
 
झुट्टा तथा नक्कली मूल्य भ्याट बिल प्रयोग गरी राजस्व छली गरेकै कुसरमा विभागले काठमाडौं महानगरपालिका ३२ स्थित बिग प्लान सप्लायर्स तथा बिग प्लान ब्याग उद्योग, भक्तपुरस्थित ए.पि. ट्रेड एण्ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालक रामप्रसाद चौलागाई समेत ३ जनाउपर पनि मुद्दा दायर गरेको छ । यी कम्पनी विरुद्ध २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँ बराबर राजस्व छलीको मुद्दा दायर गरिएको विभागको भनाई छ ।
 
 
 

Post Your Comment