Market Closed

सुनको भाउ आज पनि तोलामा १२ सय रुपैयाँ घट्यो

23 Sep,2020
  • golds_9_23_2020_11_35_12.jpg
नेपाली पैसा
 
काठमाडौं : बुधबार पनि सुनको भाउ ह्वातै घटेको छ । यसदिन सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसदिन चाँदीको भाउ पनि प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएको छ ।



यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ भने प्रतितोला ११ सय ९० रुपैयाँ रहेको थियो ।
 
 
 
 
 
 
 
 

Post Your Comment