Market Closed

कोरोनाबाट थप १७ जनाको ज्यान गयो, १४ सय ९७ जना संक्रमित थपिए

24 Sep,2020
  • corona_nisdf_9_24_2020_4_40_21.jpg
नेपाली पैसा

 काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ कार्यक्रममा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ४ सय ५७ जना उपचारपछि निको भएका छन् ।




बिहीबारसम्म कुल ५० हजार ४११ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । यसैगरी, पछिल्लो २४ घन्टामा १७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म ४५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

Post Your Comment