काठमाडौं : कोभिड–१९ कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार गत बिहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट नेपाली स्वदेश फर्केका हुन् । सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ जना आएका छन् भने सबैभन्दा कम श्रीलंकाबाट ५ जना छन् ।
उनीहरु अधिकांश रोजगारीका लागि विभिन्न मुलकुमा गएका थिए । केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबियाबाट ११ हजार ८१९ जना फर्किएका छन् । यसैगरी, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९३६ जना फिर्ता भएका छन् ।
रासस