Market Closed

विश्वभर ३ करोड ४८ लाखमा कोरोना संक्रमण देखिंदा २ करोड ५८ लाख निको भए

03 Oct,2020
  • coronavirus-agencies_10_3_2020_11_11_34.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४८ लाख २९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४५ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख ३३ हजार २३४ पुगेको छ । हालसम्म २ करोड ५८ लाख ९२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ४९ हजार ३२३ पुगेको छ । यहाँ हालसम्म २ लाख १३ हजार ५२४ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ६४ लाख ७१ हजार ९३४ संक्रमित हुँदा १ लाख ८७५ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४८ लाख ४२ हजार २३१ जना संक्रमित हुँदा १ लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख ९४ हजार ६४३ संक्रमित हुँदा २१ हजार ७७ जनाको मृत्यु भएको छ । कोलम्बियामा ८ लाख ४१ हजार ५३१ संक्रमित हुँदा २६ हजार २९७ जनाको मृत्य भएको छ ।

पेरुमा ८ लाख २१ हजार ५६४ जना संक्रमित हुँदा ३२ हजार ६०९ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ८ लाख १० हजार ८०७ पुगेको छ भने ३२ हजार ८६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ७ लाख ७९ हजार ६८९ संक्रमित हुँदा २० हजार ५९९ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ लाख ५३ हजार ९० जना संक्रमित हुँदा ७८ हजार ४९२ को मृत्यु भएको छ ।

साउथ अफ्रिकामा ६ लाख ७७ हजार ८३३ जना संक्रमित हुँदा १६ हजार ९०९ जनाको मृत्यु भएको छ । फ्रान्समा ५ लाख ८९ हजार ६५३ संक्रमित हुँदा ३२ हजार १५५ जनाको मृत्यु भएको छ । ता, बेलायतमा हालसम्म ४ लाख ६७ हजार १४६ जना संक्रमित रहेका छन् ४२ हजार २६८ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ६६ हजार ५९० जना संक्रमित हुँदा १२ हजार ८६७ को मृत्यु भएको छ । 

इरानमा ४ लाख ६४ हजार ५९६ जना संक्रमित हँदा २६ हजार ५६७ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ६६ हजार ३८३ जना संक्रमित हुँदा ५ हजार ३०५ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ३५ हजार ५७८ हजार संक्रमित हुँदा ४ हजार ८२३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख १३ हजार ९८४ संक्रमित हुँदा ६ हजार ५०७ जनाको ज्यान गएको छ । 
 
चीनमा पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ४३४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ८४ हजार २१५ जना संक्रमित हुँदा १ हजार ५७८ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ८२ हजार ४५० जना संक्रमति फेला पर्दा ६० हजार ६९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५२० जनाको भने मृत्यु भएको छ ।  
 

Post Your Comment