काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा २१ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैअवधिमाा २ हजार ४४ जना कोरोना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ जनाको ज्यान गएको छ ।
यससँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ५२८ पुगेको छ । अहिलेसम्म ८४ हजार ५७० जनामा कोरोना संक्रमण देखिएको छ । कुल ६२ हजार ७४० जना उपचारपछि निको भइसकेका छन् ।
