काठमाडौं : यातायात व्यवस्था कार्यालय भक्तपुरले असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको जनाएको छ । कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो । अब अर्को सूचना जारी नभएसम्म सेवा सञ्चालन हुनेछैन ।
