Market Closed

थप ३१ सय ६७ जनामा कोरोना संक्रमण, १२ को ज्यान गयो

17 Oct,2020
  • corona_china_10_17_2020_4_35_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा (शनिबार) थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ । अहिले सक्रिय संक्रमित संख्या ३८ हजार ७३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ सय जना कोरोना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८९ हजार ८४० रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ७२७ जना पुगेको छ ।
 
 

Post Your Comment