Market Closed

थप ५७ सय ४३ जनामा कोरोना पुष्टि, अरु २६ जनाको निधन

21 Oct,2020
  • coronnaaaa_10_21_2020_4_32_45.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा थप ५७ सय ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार (पछिल्लो २४ घन्टा) मा यो तथ्यांक थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा २९ सय ९६ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको छ । पछिल्लो २४ घन्टामा २६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ७९१ जना पुगेको छ ।

Post Your Comment