Market Closed

भारतमा कोरोना संक्रमित ८० लाख नाघे, १ लाख २० हजारभन्दा बढीको ज्यान गयो

30 Oct,2020


नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट संक्रमित संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । 
 
कोभिड–१९ संक्रमणबाट भारतमा हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । भारतमा पछिल्लो पटक मृत्युदरमा १.४९ प्रतिशतले कमी आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ । 
 
परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले मृत्यु भएकामध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट समेत पीडित रहेको जनाएको छ । 
 
रासस–पीटीआई
 

Post Your Comment