Market Closed

भारतमा बेरोजगारी दर थप वृद्धि, कोरोनाले अर्थतन्त्र शिथिल

04 Nov,2020
  • India-Unemployment-Protest_11_4_2020_10_30_32.jpg

नयाँ दिल्ली : कोरोना भाइरसका कारण भारतीय अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण अक्टोबरमा बेरोजगारी दर ६.९८ प्रतिशतमा पुगेको छ । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको भारतको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेको थियो । भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार एकपछि अर्को महिनामा बेरोजगारी दर बढ्दै गएको उल्लेख छ ।

सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्यांकका अनुसार शहरी क्षेत्रको बेरोजगारी दर भने सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको छ । 
 
रासस–सिन्ह्वा
 

Post Your Comment