Market Closed

संसारभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ करोड ६३ लाख नाघ्यो

11 Nov,2020
  • corona_3_11_11_2020_12_39_39.jpg
नेपाली पैसा
 
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड १८ लाख १० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ६७ हजार नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ७९ हजार ५५० पुगेको छ । हालसम्म ३ करोड ६३ लाख ९५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ५९ हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ४५ हजार ७९९ हजार जनाको मृत्यु भएको छ । 

भारतमा हालसम्म ८६ लाख ३६ हजार ११ संक्रमित हुँदा १ लाख २७ हजार ६१५ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५६ लाख १ हजार २८३ जना संक्रमित हुँदा १ लाख ६२ हजार ८४२ जनाको मृत्यु भएको छ । फ्रान्समा १८ लाख २९ हजार ६५९ संक्रमित हुँदा ४२ हजार २०७ जनाको मृत्यु भएको छ । रुसमा १८ लाख १७ हजार १०९ संक्रमित हुँदा ३१ हजार १६१ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १४ लाख ४३ हजार ९९७  पुगेको छ भने ३९ हजार ७५६ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिनामा १२ लाख ६२ हजार ४७६ संक्रमित हुँदा ३४ हजार १८३ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म १२ लाख ३३ हजार ७७५ जना संक्रमित रहेका छन् ४९ हजार ७७० जनाको मृत्यु भएको छ ।  
यता, कोलम्बियामा ११ लाख ५६ हजार ६७५ संक्रमित हुँदा ३३ हजार १४८ जनाको मृत्य भएको छ । क्सिकोमा ९ लाख ७८ हजार ५३१ जना संक्रमित हुँदा ९५ हजार ८४२ को मृत्यु भएको छ । इटलीमा ९ लाख ९५ हजार ४६३ जना संक्रमित हुँदा ४२ हजार ३३० जनाको मृत्यु भएको छ ।

पेरुमा ९ लाख २५ हजार ४३१ जना संक्रमित हुँदा ३४ हजार ९९२ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख ४० हजार २५४ जना संक्रमित हुँदा १९ हजार ९५१ जनाको मृत्यु भएको छ । जर्मनीमा ७ लाख ५ हजार ६४० जना संक्रमित हुँदा ११ हजार ८६० जनाको मृत्यु भएको छ ।  इरानमा ७ लाख ३ हजार २८८ जना संक्रमित हँदा ३९ हजार २०२ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ४ लाख २३ हजार ६२० जना संक्रमित हुँदा ६ हजार १०८ को मृत्यु भएको छ ।
पाकिस्तानमा ३ लाख ४८ हजार १८४ संक्रमित हुँदा ७ हजार २१ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख ९९ हजार ७६० जना संक्रमति फेला पर्दा १ लाख ६० हजार ५७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ११ सय ४८ जनाको भने मृत्यु भएको छ ।

जापानमा १ लाख ८ हजार ९८३ जना संक्रमित हुँदा १ हजार ८२९  जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार २८४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment